logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • चालु आर्थिक वर्षको २ महिनामा करिब ११.७२% उठ्यो राजस्व, ७.३९% बजेट खर्च

    चालु आर्थिक वर्षको २ महिनामा करिब ११.७२% उठ्यो राजस्व, ७.३९% बजेट खर्च

    1.5K
    SHARES
    चालु आर्थिक वर्षको २ महिनामा करिब ११.७२% उठ्यो राजस्व, ७.३९% बजेट खर्च

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व उठाएको छ ।



    महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो । सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

    भदौसम्म संकलित राजस्वमध्ये कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ उठेको छ । यो लक्ष्यको ११.३१ प्रतिशत हो । यस अवधिमा २१ अर्ब १९ करोड गैरकर राजस्व उठेको छ । यो लक्ष्यको १५.६९ प्रतिशत हो । यस अवधिमा अनुदान र अन्य आम्दानी हुन नसकेको महालेखाको विवरणमा देखिन्छ ।

    खर्चतर्फ सरकारले दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । यो कुल बजेटको ७.३९ प्रतिशत हो ।

    यस्तै दुई महिनामा ७ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा साउन र भदौमा एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च भएकोे कार्यालयले जनाएको छ ।

    यसमध्ये चालूतर्फ ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ अर्थात् ७ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यस्तै पूँजीगततर्फ १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ अर्थात् लक्ष्यको ४ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

    यस्तै वित्तीय व्यवस्था अर्थात् ऋण तिर्न र शेयर लगानीका लागि तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई महिनामा ३९अर्ब ६७ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।

    सरकारी खर्चमध्ये सबैभन्दा धेरै १० दशमलव ८ प्रतिशत वित्तीय व्यवस्थातर्फ रहेको छ ।।


    अर्थ चाैतारी
  • विहिबार, ३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट