logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा विशेष छुट पाउने

    प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा विशेष छुट पाउने

    2.4K
    SHARES
    प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा विशेष छुट पाउने

    काठमाण्डौ । चितवन, भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । असोज १३ गते प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट एडिस्नल डिरेक्टर डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरे ।



    सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउने भएकाछन् । सिओएमएस मा उपचार गर्दा औषधी, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने छ ।

    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट