logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नवलपरासीको दाउन्नेमा आज रातभर सडक बन्द हुने

    नवलपरासीको दाउन्नेमा आज रातभर सडक बन्द हुने

    2.2K
    SHARES
    नवलपरासीको दाउन्नेमा आज रातभर सडक बन्द हुने

    काठमाण्डौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा आज रातभर सडक बन्द हुने भएको छ ।



     

    जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सूचना निकालेर आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाएको हो ।

     

    हिजो सोमवार दाउन्नेको खुर्सानी खोलामा सडक भासिएको र बिजुलीको प्रसारण लाइन ढलेको थियो । भासिएको सडक मर्मतका लागि रातभर सडक बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

     

    भासिएको सडक मर्मत गरेर आज बिहानदेखि गाडी चलाउन थाले पनि सडकमा थप मर्मतको काम गर्नुपर्ने भएकाले सडक नै बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट