logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन

    शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन

    1.6K
    SHARES
    शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन

    काठमाण्डौ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ ।



     

    चालु आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।

     

    विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता पालिकामा माग गर्ने र त्यसका आधारमा पालिकाले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।

     

    शिक्षक र कर्मचारीको तलब भत्ता बैंकमार्फत् भुक्तानी हुनुपर्छ । तर कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले हालै लिखित रूपमै निर्देशन दिएको हो । कतिपय शिक्षक र कर्मचारीले मुख्य पर्व दशैँ आइसक्दा पनि तलब भत्ता पाउन नसकेको गुनासोसमेत गरेका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, १९ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट