logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शेयर बजारमा ५६.०९ अंकको वृद्धि, ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार

    शेयर बजारमा ५६.०९ अंकको वृद्धि, ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार

    1.9K
    SHARES
    शेयर बजारमा ५६.०९ अंकको वृद्धि, ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार

    काठमाण्डौ । आइतबार शेयर बजार५६.०९ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ ।



    आइतबार शेयर बजारमा सूचीकृत ३०८ वटा कम्पनीको एक करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिद–बिक्री भएर ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

    आइतबार साहश उर्जा लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    शेयर बजारका सबै उपसूचकहरुमा हरियाली छाएको छ । साथै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मध्ये भोटेकोशीका लगानीकर्ताले ९ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । स्टर्न हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ६८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, २० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट