logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने

    ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने

    2.2K
    SHARES
    ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने

    काठमाण्डौ । देशैभरका ५ वर्षमुनिका बालबालिकालाई आउँदो शुक्रवार र शनिवार भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।



    राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार यो अवधिमा ५ वर्ष मुनिका बालबालिकालाई १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन सकिनेछ । थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट