logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

    गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

    936
    SHARES
    गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

    काठमाण्डौ । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।



     

    न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

     

    काठमाडौँ महानगरपालिकाको धर्मशाला हटाउने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै मारवाडी सेवा समितिकातर्फबाट पशुपतिक्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट निवेदन दायर भएको थियो । दुवै पक्षबीच छलफल गरेर उक्त विवादमा निर्णय गर्ने अदालतको आदेशमा उल्लेख छ । रासस


    अर्थ चाैतारी
  • शुक्रबार, २ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट