logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अरुण भ्याली हाइड्रोपावरको लाभांश आजसम्म कायम शेयरधनीले पाउने

    अरुण भ्याली हाइड्रोपावरको लाभांश आजसम्म कायम शेयरधनीले पाउने

    1.4K
    SHARES
    अरुण भ्याली हाइड्रोपावरको लाभांश आजसम्म कायम शेयरधनीले पाउने

    काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक ४ गते अन्तिम दिन रहेको छ।



    लाभांश वितरणार्थ र वार्षिक साधारणसभा प्रयोनार्थ कम्पनीले भोलि कात्तिक ५ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आजसम्म कायम शेयरधनी यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा कात्तिक १४ गते गर्ने भएको छ । सभा काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले हाल कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

    भाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट