logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • वाणिज्य बैंकहरुकाे नाफा १७ अर्ब ६९ करोड, नबिलकाे मात्रै १ अर्ब ६६ करोड

    वाणिज्य बैंकहरुकाे नाफा १७ अर्ब ६९ करोड, नबिलकाे मात्रै १ अर्ब ६६ करोड

    1.4K
    SHARES
    वाणिज्य बैंकहरुकाे नाफा १७ अर्ब ६९ करोड, नबिलकाे मात्रै १ अर्ब ६६ करोड

    काठमाण्डौ । चालू आर्थिक वर्षको दुई महिनामा पाँच वाणिज्य बैंकहरु नाफाका आधारमा अर्बमाथि उक्लिएका छन्। भदौ महिनासम्म २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड नाफा कमाउँदा ५ वाणिज्य बैंकले मात्रै अर्बमाथिको नाफा गरेका हुन्।



    नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंक छन्। यी पाँचवटै बैंकको नाफा दुई महिनामै अर्बमा उक्लिएको छ। गत साउनमा ८९ करोड रुपैयाँसहित नाफा कमाउनेमा पहिलो नम्बरमा आएको ग्लोबल आईएमई बैंक भदौ महिनामा भने १ अर्ब ५६ करोड रुपैयाँसहित दोस्रो नम्बरमा झरेको छ। पहिलोमा नबिल बैंक उक्लिएको हो।

    साउनमा ८० करोड नाफा कमाएर दोस्रोमा रहेको नबिल बैंकले भदौमा ग्लोबल आईएमईलाई जित्दै १ अर्ब ६६ करोड नाफासहित धेरै नाफा कमाउनेको पहिलो नम्बरमा आएको हो। यस्तै नाफा धेरै कमाउनेको तेस्रो नम्बरमा १ अर्ब ४१ करोड रुपैयाँसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आउँदा चौथो नम्बरमा १ अर्ब १६ करोड नाफासहित हिमालयन बैंक आएको छ। कुमारी बैंक भने १ अर्ब ८ करोड रुपैयाँसहित सर्वाधिक नाफा कमाउने बैंकहरुको पाँचौँ स्थानमा छ।

    यीबाहेक अन्य दुई बैंकहरु पनि अर्बमा उक्लिने होडमा देखिएका छन्। प्राइम बैंक र प्रभु बैंक थोरै रकमसहित अर्ब नाफा गर्ने क्लबमा उक्लिन सकेनन्। यी बैंकहरुले भदौ महिनामा क्रमशः ९७ करोड र ९१ करोड रुपैयाँ नाफा कमाएका हुन्। गत साउनमा यी दुवै बैंकले क्रमशः ५० करोड र ५३ करोड रुपैयाँको नाफा गरेका थिए।

    यीबाहेकका बैंकहरुले पनि भदौ महिनाको नाफामा उल्लेख्य सुधार गरेका छन्। जसमा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले ८८ करोड रुपैयाँको नाफा कमाउँदा लक्ष्मी सनराइज बैंकले ८६ करोड र एभरेष्ट बैंकले ८२ करोड नाफा कमाएका छन्।

    यस्तै भदौ महिनामा एनएमबी बैंकले ७८ करोड नाफा कमाउँदा सानिमा बैंकले भने ६८ करोड, नेपाल बैंकले ६७ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले ६० करोड, सिटिजन्स बैंकले ५८ करोड र नेपाल एसबीआई बैंकले ५३ करोड रुपैयाँ नाफा कमाएका हुन्।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट