logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नेप्से २० दशमलव ४१ अंकले घट्यो, ६ अर्ब २७ करोडको कारोबार

    नेप्से २० दशमलव ४१ अंकले घट्यो, ६ अर्ब २७ करोडको कारोबार

    1.5K
    SHARES
    नेप्से २० दशमलव ४१ अंकले घट्यो, ६ अर्ब २७ करोडको कारोबार

    काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ४१ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस ऊर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट