काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल मार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
अर्थ चाैतारी ।