logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सरकारले एक सय दिनमा गर्यो ४८ जना गर्भवती तथा सुत्केरीको हवाइ उद्धार

    सरकारले एक सय दिनमा गर्यो ४८ जना गर्भवती तथा सुत्केरीको हवाइ उद्धार

    3.8K
    SHARES
    सरकारले एक सय दिनमा गर्यो ४८ जना गर्भवती तथा सुत्केरीको हवाइ उद्धार

    काठमाण्डौ । सरकारले एक सय दिनमा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ ।



    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले गत असार ३१ देखि कात्तिक ६ गतेसम्ममा १ हजार ८ सय ८४ जना हराएका बालबालिका खोजतलास गरी फेला परेको उनीहरुमध्ये १ हजार ५ सय ५९ जनालाई परिवारमा पुनर्मिलन गराइएको जानकारी दिए ।

    वर्षाले गरेको क्षति, बाढी र विपदमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको संरक्षणलाई विशेष प्राथमिकता दिएको पनि बताए ।

    मन्त्री नवलकिशोर साहले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भएको जानकारी पनि दिए ।

    बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषदमा पेस गरिएको तथा हिंसा पीडित महिलाका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंगला सहाना दीर्घकालीन पुनस्र्थापना गृह निर्माणको काम छिट्टै सुरु गर्ने जानकारी दिए ।


    अर्थ चाैतारी
  • सोमबार, १२ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट