logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बाणिज्य बैंकले ३महिनामै सरकारलाई साढे ५ अर्ब कर बुझाए, सबैभन्दा बढी नबिल, ग्लोबल र प्राइमले तिरे

    बाणिज्य बैंकले ३महिनामै सरकारलाई साढे ५ अर्ब कर बुझाए, सबैभन्दा बढी नबिल, ग्लोबल र प्राइमले तिरे

    1.2K
    SHARES
    बाणिज्य बैंकले ३महिनामै सरकारलाई साढे ५ अर्ब कर बुझाए, सबैभन्दा बढी नबिल, ग्लोबल र प्राइमले तिरे

    काठमाण्डौ । बाणिज्य बैंकहरुले तीन महिनामै सरकारलाई साढे ५ अर्ब आयकर बुझाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा बैंकहरुले सो बराबरको आयकर बुझाएका हुन् ।



    बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।

     

    सोही अनुसार चालु आवको पहिलो त्रैमासमा बैंकहरुले सरकारलाई ५ अर्ब ४१ करोड ३५ लाख ९० हजार रुपैयाँ आयकर बुझाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १६.४३ प्रतिशत बढी हो । गत आवका पहिलो त्रैमासमा पनि बैंकहरुले ४ अर्ब ६४ करोड ९६ लाख ४१ हजार रुपैयाँ कर तिरेका थिए ।

    समिक्षा अवधिमा १० वटा बैंकको आयकर घटेको छ भने बाँकी १० वटाको भने बढेको देखिन्छ । समिक्षा अवधिमा सबैभन्दा धेरै कर नबिल बैंकले बुझाएको छ । तीन महिनामै नबिलले ७७ करोड ९५ लाख ९५ हजार रुपैयाँ आयकर बुझाएको हो । यो गत आवको पहिलो त्रैमासको तुलनामा भने १४.८३ प्रतिशत बढी हो । गत आवको सो अवधिमा पनि बैंकले ६७ करोड ८८ लाख ६३ हजार रुपैयाँ कर तिरेको थियो ।

     

    दोस्रो धेरै ग्लोबल आइएमईले ६३ करोड ५७ लाख १३ हजार रुपैयाँ बुझाएको छ । बैंकले सरकारलाई बुझाउने कर गत आवको तुलनामा २६.१३ प्रतिशत बढी हो ।

    यस्तै, प्राइम बैंकले पनि ५४ करोड १५ लाख ३१ हजार, एनएमबिले ४९ करोड १७ लाख ६१ हजार, एभरेष्टले ४८ करोड ३३ लाख १७ हजार, कुमारीले ४७ करोड ८५ लाख ९४ हजार रुपैयाँ आयकर बुझाएका छन् । यी बैंकहरुको यस्तो गत आवको तुलनामा क्रमशः ९.७४ प्रतिशत, १९.१२ प्रतिशत ४४.४४ प्रतिशत र १७४.४६ प्रतिशत बढी हो ।

    यता, नेपाल एसबिआई बैंकले पनि तीन महिनामा ३९ करोड ९२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३६ करोड ९५ लाख १५५ हजार, प्रभूले ३६ करोड २६ लाख ४८ हजार र हिमालयन बैंकले ३१ करोड २० लाख ५५ हजार रुपैयाँ कर सरकारलाई बुझाएका छन् ।

    यस्तै, समिक्षा अवधिमा लक्ष्मी सनराइजले २३ करोड १६ लाख, माछापुच्छ्रेले २१ करोड ५६ लाख, सानिमाले १७ करोड ४५ लाख, सिद्धार्थले १६ करोड ६१ लाख, कृषि विकासले १० करोड ७३ लाख रुपैयाँ आयकर बुझाएका छन् । यी बाहेकका अन्य बैंकको आयकर १० करोड भन्दा कम छ ।

    असोज मसान्तसम्ममा सिटिजन्स बैंकले ९ करोड १९ लाख, नेपाल बैंकले ८ करोड ८३ लाख, एनआइसी एशियाले ४ करोड ७३ लाख रुपैयाँ आयकर तिरेका छन् । तर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आयकर भने६२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट