logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शेयर बजार १ दशलमव ८८ अंकले घट्यो, ५ अर्ब २२ करोडको कारोबार

    शेयर बजार १ दशलमव ८८ अंकले घट्यो, ५ अर्ब २२ करोडको कारोबार

    1.4K
    SHARES
    शेयर बजार १ दशलमव ८८ अंकले घट्यो, ५ अर्ब २२ करोडको कारोबार

    काठमाण्डौ । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ८८ अंकले घटेर २,६७५ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मुल्य घटेको छ ।



    आज दिनभरिमा ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५५ प्रतिशतका दरले गुमाएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २१ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट