काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे चयन भएका छन् ।
गत बिहीबार बसेको कम्पनी संचालक समितिको बैठकले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी ग्लोबल आइएमई बैंकको प्रतिनिधि हुन् ।
यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि संचालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंकको प्रतिनिधित्व गर्दै संचालकमा नियुक्ति भएका हुन् ।
अर्थ चाैतारी ।