logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • अभियान लघुवित्तमा रोजगारीको अवसर

    अभियान लघुवित्तमा रोजगारीको अवसर

    2.4K
    SHARES
    अभियान लघुवित्तमा रोजगारीको अवसर

    काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पदमा गरी जम्मा ३९ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।



    कम्पनीले प्रबन्धकरसहायक प्रबन्धक २ जना, अधिकृत २ जना, सुपरभाईजर ७ जना, वरिष्ठ सहायकरसहायक १३ जना र कनिष्ठ सहायक (प्रशिक्षार्थी) १५ जना माग गरेको हो। कनिष्ठ सहायकमा एसईई वा सो सरहको परीक्षा पास गरेकाले आवेदन दिन पाउँछन् भने मोटरसाईकल वा साईकल चलाउन जान्नेलाई प्राथमिकता दिइनेछ।

    अन्य पदका लागि पनि कम्पनीले शैक्षिक योग्यता तोकेको छ। उमेरको हदमा भने सहायक श्रेणीका लागि १८ पूरा भई ३५ ननाघेको, अधिकृतका लागि २१ पूरा भई ४० ननाघेको र व्यवस्थापकीय श्रेणीमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। महिलाको हकमा भने माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ।

    योग्य तथा इच्छुक व्यक्तिले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र तथा नागरिकता लगायतका आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनीको इमेल ठेगानामार्फत अनलाईन वा कम्पनीको केन्द्रीय कार्यालयमै उपस्थित भएर भौतिक माध्यमबाट आवेदन दिन सक्नेछन्।


    अर्थ चाैतारी
  • आइतबार, १६ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट