काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने ७ प्रतिशत कर प्रयोजनार्थसहित नगद लाभांश रहेको छ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
अर्थ चाैतारी ।