काठमाण्डाै । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा आज सोमबार साधारणसभा सम्पन्न भएको हो।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा आगामी ४ वर्षको कार्यकालका लागि कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तब्य राखेका थिए भने सभाका अध्यक्ष बिजय मान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ५० करोडभन्दा बढी लगानी गरेकोे छ । यो लघुवित्त हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो ।
अर्थ चाैतारी ।