logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने

    वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने

    988
    SHARES
    वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । वर्णबास म्युजियम होटेल लिमिटेडले सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित पुस २९ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ ।



    होटलको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बालुवाटारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले कम्पनीको पूँजी सेयर संरचनाअनुसार आईपीओ जारी गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

    त्यस्तै, सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमालीमा आवश्यक संशोधन गर्ने र गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पेस गरिनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट