logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, २२ हजार ५०० ले पाए १० कित्ता सेयर

    गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, २२ हजार ५०० ले पाए १० कित्ता सेयर

    1.1K
    SHARES
    गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, २२ हजार ५०० ले पाए १० कित्ता सेयर

    काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुल्ला गरेको आईपीओ पुष ८ गते बाँडफाँट गरेको हो ।



    बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । गार्डियन माइक्रो लाइफले पहिलो चरणमा मंसिर १९ देखि पुष ३ सम्म वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापुँजीको ३० प्रतिशतको २२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्न अनुमति पाएको थियो । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको २ लाख २५ हजार कित्ता सेयर बिक्रीको लागि उपलब्ध गराइएको थियो ।

    यो आईपीओमा ३७ हजार २१९ आवेदकबाट १९ लाख ५४ हजार ६० कित्ता सेयरको माग आएको थियो, जुन ८.६८ गुणा बढी हो । आवेदनहरूमा १९ लाख ५३ हजार ८५० कित्ता सेयर सदर भएका थिए भने २१० कित्ता सेयर बदर भएका थिए । गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्, जबकि १४ हजार ७०९ आवेदकको हात खाली रहयो ।

    अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशत (६७ हजार ५०० कित्ता) आफ्ना कर्मचारीलाई, ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट