logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने

    शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने

    871
    SHARES
    शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । शैलेश्वरी पावर नेपालले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभामा सर्वसाधारणको लागि साधारण शेयर निष्काशन निष्कासन गर्ने तथा सो सम्वन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।



    सभामा संचालक समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
    कम्पनीको आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
    यस्तै आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

    सभामा प्रवन्धपत्र र नियमावलीमा गरिने संसोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र वा नियमावलीमा संसोधन एवं परिमार्जन तथा शेयर संरचना परिवर्तन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १७ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट