काठमाण्डौ । सोमबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.१२ अंकले बढेर २,६४० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ३० करोडको कारोबार भएको हो ।
हरियाली छाएको शेयर बजारमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
अधिकांश बढेको शेयर बजारमा उपकार लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।
अर्थ चाैतारी ।