logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • विकास सहायतालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति बन्दै

    विकास सहायतालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति बन्दै

    1.3K
    SHARES
    विकास सहायतालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति बन्दै

    काठमाण्डौ । सरकारले विकास सहायता परिचालन सम्बन्धी नीति बनाउन लागेको छ । विकास सहायताका नाममा आएको पुँजी जथाभाबी खर्च हुने गरेको गुनासो बढेपछि सरकारले नीति बनाएरै अगाडि बढ्ने तयारी गरेको छ । यसको मस्यौदा तयार भइसकेको छ । मस्यौदा अनुसारको नीति बनेमा विकास सहायता परिचालनमा हुने बेथिति रोकिने छ । जुन उद्देश्यमा ल्याइएको हो, त्यसमै खर्च गर्न नीतिले बाध्य बनाउने छ ।



    नीतिको मस्यौदामा विकास सहायतालाई राष्ट्रको आवश्यकता र प्राथमिकता अनुरूप उत्पादनशील र उच्च प्रतिफल प्राप्त हुने क्षेत्रमा उपयोग गर्ने उल्लेख गरिएको छ । विकास सहायतालाई राष्ट्रिय प्रणालीको उपयोगमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्न परिचालन गर्ने अर्थ मन्त्रालयले जनाएको छ । विकास सहायतालाई विविधीकरण गर्न, यसको प्रभावकारिता तथा पारदर्शिता सुनिश्चित गर्न नीति बनाउन लागिएको मस्यौदामा उल्लेख छ ।

    यातायात, ऊर्जा, ग्रामीण तथा शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य खानेपाने, सरसफाइजस्ता क्षेत्रमा विकास सहायता परिचालन गर्ने अर्थ मन्त्रालयको योजना छ । यसका साथै कृषि, पर्यटन, उद्योग, रोजगारी सिर्जना, गरिबी निवारण, विपद् व्यवस्थापन, जलवायु परिवर्तनजस्ता विषयमा सहायता परिचालन केन्द्रित हुनेछ ।

     


    अर्थ चाैतारी
  • मंगलबार, २३ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट