logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • जीवन विकासको अध्यक्षमा सुवेदी दोहोरिए

    जीवन विकासको अध्यक्षमा सुवेदी दोहोरिए

    1.1K
    SHARES
    जीवन विकासको अध्यक्षमा सुवेदी दोहोरिए

    काठमाण्डाै । जीवन विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विक्रमराज सुवेदी निर्विरोध चयन भएका छन् । लघुवित्तको छैठौं साधारणसभाले सञ्चालक समितिका सुवेदीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष बनाएको हो ।



    सभाले सञ्चालक समिति सदस्यमा प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य निर्वाचित गरेको छ । श्रेष्ठ, खतिवडा र देवको पनि यो दोस्रो कार्यकाल हो । समितिको कार्यकाल चार वर्षको हुनेछ ।

    लघुवित्त वित्तीय संस्थाले १६० वटा शाखामार्फत ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । संस्थाको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार रूपैयाँ छ । १० अर्ब ५३ करोड ३० लाख रूपैयाँ निक्षेप संकलन गरेको जीवन विकासले २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ रुपैयाँ लगानी रहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट