logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आइसएफसी फाइनान्सको २१औं साधारण सभा सम्पन्न

    आइसएफसी फाइनान्सको २१औं साधारण सभा सम्पन्न

    897
    SHARES
    आइसएफसी फाइनान्सको २१औं साधारण सभा सम्पन्न

    काठमाण्डौ । आइसएफसी फाइनान्स लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ।



     

    सभाले आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा एन. अमात्य एण्ड क. चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल, रचना अधिकारी र अच्युतराज आचार्यलाई आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् ।

     

    चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिँदै आएको छ । साथै संस्थाले चालु आवको असोज मसान्तसम्म १८ अर्ब ६३ करोड निक्षेप संकलन र १५ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट