logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • युनिसेफले ७५३ वटै पालिकाहरूको वास प्लान बनाउन सहकार्य गर्ने

    युनिसेफले ७५३ वटै पालिकाहरूको वास प्लान बनाउन सहकार्य गर्ने

    936
    SHARES
    युनिसेफले ७५३ वटै पालिकाहरूको वास प्लान बनाउन सहकार्य गर्ने

    काठमाण्डौ । खानेपानी मन्त्रालयमा खानेपानी तथा सरसफाइ लगायतका विविध विषयमा छलफल भएको छ । बुधवार मन्त्रालयमा युनिसेफ नेपालका प्रतिनिधि एलिस् अकुङ्गासँग छलफल भएको खानेपानी मन्त्री प्रदीप यादवले जनाएका छन् ।



    उक्त छलफलमा ७५३ वटै पालिकाहरूको वास प्लान बनाउन सहकार्य गर्ने, प्राविधिकहरूलाई स्वदेश वा विदेशमा के कस्तो तालिम दिन सकिन्छ आवश्यक संयुक्त पहल गर्ने लगायतका विषयमा विस्तृत रूपमा छलफल भएको मन्त्री यादवले बताएका छन् ।

    यसैगरी पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, विभिन्न दातृ निकायहरूसँग एकद्वार प्रणालीमार्फत खानेपानी तथा सरसफाइ क्षेत्रका परियोजनाहरू,युनिसेफसँग मिलेर पूर्वसूचना प्रणाली तथा अस्थायी खानेपानी आपूर्ति प्रणाली सिर्जना गर्ने विषयमा छलफल गरेको जनाएका छन् ।

    ‘विसं. २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्था मध्ये एक युनिसेफलाई धन्यवाद दिँदै पूर्ण सरसफाइको क्षेत्रमा अझै सहयोगको अपेक्षा लिएका छौँ ,’ मन्त्री यादवले भनेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ३ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट