काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । यसमा अहिले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याएको छ । यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने छ । जसको म्याद माघ २२ गतेसम्म तोकिएको छ ।
कम्पनीले यसपछि १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुलाउने छ । यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ ।
अर्थ चाैतारी ।