logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • लगातार तेस्रोपटक विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ रेटिङ

    लगातार तेस्रोपटक विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ रेटिङ

    1K
    SHARES
    लगातार तेस्रोपटक विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ रेटिङ

    काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ। इक्रा नेपालले विद्युत प्राधिकरण यो वर्ष उक्त रेटिङ प्रदान गरेको हो। यो रेटिङ पाउने संस्था समयमै वित्तीय तथा आर्थिक दायित्व वहन गर्न सक्षम हुन्छन्। यसले संस्थाको वित्तीय कारोबारमा न्यून जोखिम हुने संकेत पनि गर्छ। इक्राले कुनै पनि संस्थाको वित्तीय अवस्था, सम्पत्ति, व्यवसाय तथा वित्तीय जोखिमको विश्लेषण गरी रेटिङ गर्ने गर्छ।



    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रेटिङमा ३ वर्षदेखि निरन्तर डबल ए प्लस रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवं ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए। प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङको भनाइ छ। ‘सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्यांकन गरिसकेका छौँ’, घिसिङले भने, ‘सरकारबाट स्वीकृति पाउनासाथ शेयर निष्कासन प्रक्रिया अगाडि बढाउन सकिने छ। शेयर निश्कासनबाट संकलन गरिएको रकम ठूला जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने योजना बनाएका छौँ।’

    घिसिङले विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पुजी संस्थाले कमाएको नाफा र शेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको बताए। प्राधिकरणको चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरीे आईपीओ निष्कासन प्रस्ताव गरिएको छ। प्रिमियमसहित प्रतिकित्ता करिब ३०० रुपैयाँ कायम गरी शेयर निष्कासन प्रस्ताव गरिएको हो। प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढीको छ।

    विद्युत् उत्पादन, प्रसारण र वितरण सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्ति समुचित व्यवस्था गर्न सरकारको पूर्णस्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो। प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरण अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ४ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट