logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • शेयर बजारमा १९ अंकको बृद्धि, कारोबार रकम ९ अर्ब ४७ करोड

    शेयर बजारमा १९ अंकको बृद्धि, कारोबार रकम ९ अर्ब ४७ करोड

    897
    SHARES
    शेयर बजारमा १९ अंकको बृद्धि, कारोबार रकम ९ अर्ब ४७ करोड

    काठमाण्डौ । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ५६ अंकले बढेर २,६९८ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३१ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, ४ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट