logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • व्यक्तिगत विवरण सच्याउन सक्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव

    व्यक्तिगत विवरण सच्याउन सक्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव

    949
    SHARES
    व्यक्तिगत विवरण सच्याउन सक्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव

    काठमाण्डौ । व्यक्तिगत विवरण सच्याउन मिल्नेगरी गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ लाई संशोधन गर्न प्रस्ताव गरेको छ ।



    ऐनको दफा २५ लाई संशोधन गर्ने प्रस्ताव रायका लागी कानुन मन्त्रालयमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

    सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एकीकृत प्रणाली नहुँदा सरकारी निकायबाट सेवा लिँदा कागजातमा त्रुटि भएका जन्म मिति तथा नाम ठेगाना फरक परेको अवस्थामा विवरण सच्याउन मिल्ने व्यवस्था राख्न हामीले प्रस्ताव गरेका छौँ ।’

    त्यस्तै, गृह मन्त्रालयले ६ महिनाभित्र ‘सुरक्षा अनुभूति मापन कार्यविधि’ बनाउने भएको छ । कार्यविधि तयार गरेर महानगरपालिकाहरूबाट लागु गरिने सहसचिव तिवारीले बताए ।


    अर्थ चाैतारी
  • सोमबार, ५ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट