logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २७ वर्षीय युवक एयरपोर्टबाट पक्राउ

    बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २७ वर्षीय युवक एयरपोर्टबाट पक्राउ

    780
    SHARES
    बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २७ वर्षीय युवक एयरपोर्टबाट पक्राउ

    काठमाण्डौ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी बस्ने २७ वर्षीय आशिष बुढाथोकी छन्।



    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो। उनलाई हिजो प्रहरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ।

    जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तरर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।

    पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ। रासस

     


    अर्थ चाैतारी
  • सोमबार, २६ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट