logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • धुलिखेल अस्पतालका चार चिकित्सक आंशिक दोषी

    धुलिखेल अस्पतालका चार चिकित्सक आंशिक दोषी

    1.4K
    SHARES
    धुलिखेल अस्पतालका चार चिकित्सक आंशिक दोषी

    काठमाण्डौ । नेपाल मेडिकल काउन्सिल धुलिखेल अस्पतालका चार निलम्बित चिकित्सकविरुद्ध कानुनी कारबाहीमा जाने भएको छ। काउन्सिलले गरेको छानबिनका क्रममा ती चिकित्सक दोषी देखिएपछि कानुनी प्रक्रियाअघि बढाइने भएको हो।



     

    उजुरी परेका चारजना नै घटनामा आंशिक रूपमा दोषी देखिएका छन्। उनीहरूविरुद्ध थप प्रक्रिया अघि बढाउन लागिएको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जनाकारी दिए। चार चिकित्सक आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा निलम्बनमा परेका थिए। अस्पतालमा एमडी प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीको आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा ती चिकित्सक निलम्बनमा परेका हुन्।

     

    निलम्बनमा पर्नेहरूमा अस्पतालको मनोचिकित्सा विभागका डा अजय रिसाल, डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाल छन्। उनीहरूले आत्महत्या प्रयास गर्ने विद्यार्थीलाई यातना दिएको आरोप छ। विद्यार्थीले फागुन ४ गते आत्महत्या प्रयास गरेका थिए।


    अर्थ चाैतारी
  • मंगलबार, ४ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट