logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुमा बाढीपहिरोको ९०% आर्थिक क्षति बीमाबाट बाहिर

    नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुमा बाढीपहिरोको ९०% आर्थिक क्षति बीमाबाट बाहिर

    1K
    SHARES
    नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुमा बाढीपहिरोको ९०% आर्थिक क्षति बीमाबाट बाहिर

    काठमाण्डौ । दक्षिण एसियाका नेपालगायतका देशमा हालैको अविरल वर्षापछि सिर्जित बाढीपहिरो भएको ९० प्रतिशत आर्थिक क्षति बीमाबाट बाहिरको पाइएको छ।



     

    बेलायती–अमेरिकी बहुराष्ट्रिय बीमा परामर्शदाता कम्पनी विल्लिस टावर्स वाट्सन (डब्ल्यूटीडब्ल्यू)ले दक्षिण एसियाली मुलुकहरुमा वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपबाट भएको ८०–९० प्रतिशत आर्थिक क्षति बीमाबाट बाहिर रहेको जनाएको हो। बाढीपहिरोबाट ती मुलुकहरुमा विशेषगरी कृषि, ऊर्जा र उत्पादन क्षेत्र बढी प्रभावित भएको डब्ल्यूटीडब्ल्यूले जनाएको छ।

    यसरी बाढीपहिरोबाट प्रभावित हुने दक्षिण एसियाली मुलुकहरुमा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश छन्। त्यस्ता प्राकृतिक प्रकोप मुख्य कारक जलवायु परिवर्तन रहेको डब्ल्यूटीडब्ल्यूको ठहर छ।

     

    बर्सेनि बढ्दै गएको बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई सम्बोधन गर्न ती देशहरुले जोखिम व्यवस्थापनसँगै वित्तीय रणनीति बनाउनुपर्ने डब्ल्यूटीडब्ल्यूको सुझाव छ। डब्ल्यूटीडब्ल्यूले विशेष गरी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने वित्तीय प्रभाव र जोखिम व्यवस्थापनका रणनीतिबारे परामर्श दिँदै आएको छ। –एजेन्सी


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट