logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ट्रेजरी बिलमार्फत सरकारले सवा २५ अर्ब आन्तरिक ऋण उठाउँदै

    ट्रेजरी बिलमार्फत सरकारले सवा २५ अर्ब आन्तरिक ऋण उठाउँदै

    728
    SHARES
    ट्रेजरी बिलमार्फत सरकारले सवा २५ अर्ब आन्तरिक ऋण उठाउँदै

    काठमाण्डौ । ट्रेजरी बिलमार्फत सरकारले आज मंगलबार २५ अर्ब २५ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोड रुपैयाँ उठाउन लागेको जनाएको हो ।



     

    कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागेको र बाँकी ५ अर्ब नयाँ जारी गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार (वैशाख ८ गते) दिउँसो तीन बजेसम्म बोलकबोल भइसकेको छ । जसअनुसार आज ट्रेजरी बिल जारी (वितरण) गरिन लागेको हो ।

     

    यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत उल्लिखित रकम बराबर आन्तरिक ऋण उठाउन लागेएको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट