logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन

    आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन

    884
    SHARES
    आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन

    काठमाण्डौ । तत्कालीन पर्यटनमन्त्री तथा लेखा समिति सदस्य प्रेमबहादुर आलेविरुद्ध धनगढी विमानस्थल जग्गा खरिद प्रकरणका विषयामा परेको उजुरीमा सार्वजनिक लेखा समितिले पनि छानबिन अगाडि बढाएको छ ।



     

    धनगढी विमानस्थल विस्तारका क्रममा पर्यटनमन्त्री भएको बेलामा आलेले जग्गा खरिदमा अनियमितता गरेको भन्दै वैशाख ४ गते परेको उजुरीमा समितिले छानबिन अगाडि बढाएको हो । समितिका सभापति ऋषिकेश पोखरेलले मंगलबार आलेमाथि लागेका आरोपबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भूमि सुधार मन्त्रालयबाट आवश्यक कागजात मगाउने निर्णय गरेका छन् ।

     

    आलेमाथि व्यक्तिगत कम्पनी खडा गरेर जग्गा खरिद गरेको आरोप लागेको छ । पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोमा २०८१ चैत ११ गते उजुरी परेको थियो ।

     

    उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा मन्त्रालयसँग जवाफ माग समेत गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट