logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • गोर्खाज फाइनान्सको सीइओमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त

    गोर्खाज फाइनान्सको सीइओमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त

    910
    SHARES
    गोर्खाज फाइनान्सको सीइओमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त

    काठमाण्डाै । गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पदमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले वैशाख २१ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।



     

    हाल उनी फाइनान्स कै सिनियर म्यानेजर छन् । कम्पनीले यस अघि पनि उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो। गत चैत्र १० गते बसेको संचालक समितिको बैठकले चैत्र ११ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो।

     

    तर राष्ट्र बैंकको निर्देशनपछि निर्णय भएको ६ घण्टा पनि नबित्दै उनको नियुक्ति खारेज भएको थियो। अहिले कम्पनीले फेरि उनलाई नै सीइओ नियुक्त गरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट