logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • समृद्धि फाइनान्स र बिट्स क्राफ्टबीच सम्झौता, QR बाट भुक्तानी गर्दा अडियो संदेश

    समृद्धि फाइनान्स र बिट्स क्राफ्टबीच सम्झौता, QR बाट भुक्तानी गर्दा अडियो संदेश

    1.6K
    SHARES
    समृद्धि फाइनान्स र बिट्स क्राफ्टबीच सम्झौता, QR बाट भुक्तानी गर्दा अडियो संदेश

    काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेड र बिट्स क्राफ्ट प्रा.लि. (Koili) बीच अडियो QR उपलब्ध गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा समृद्धि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र बिट्स क्राफ्ट प्रा.लि.का व्यवसाय विकास प्रबन्धक सुन्दर थापाले हस्ताक्षर गरेका छन्।



     

    यस सेवा अन्तर्गत ग्राहकहरूले QR कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण अडियो QRमा जडित साउन्ड बक्सबाट आउने आवाजद्वारा तुरुन्तै प्राप्त हुनेछ। भुक्तानी सफल भएपछि “Payment Successful” भन्ने जस्ता भ्वाइस मेसेज बज्नेछ, जसले व्यापारी र ग्राहक दुवैलाई तत्काल भुक्तानी पुष्टिको जानकारी दिनेछ।

     

    यस सेवाबाट व्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी पुष्टिको मेसेज पर्खनुपर्ने समयको समेत बचत हुनेछ। अडियो QR सेवा सुरु गर्नुका साथ ग्राहक र व्यवसायीहरूलाई थप सजिलो, सुरक्षित र भरपर्दो भुक्तानी अनुभव प्रदान गर्न सकिने छ ।

     

    फाइनान्सले १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट