logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • अदालत र न्यायाधीशको आलोचना गर्ने रवि समर्थकलाई अदालतले दियो यस्तो आदेश

    अदालत र न्यायाधीशको आलोचना गर्ने रवि समर्थकलाई अदालतले दियो यस्तो आदेश

    533
    SHARES
    अदालत र न्यायाधीशको आलोचना गर्ने रवि समर्थकलाई अदालतले दियो यस्तो आदेश

    काठमाण्डौ । रविको सर्वोच्च अदालतल रवि लामिछानेको विषयमा विभिन्न आदेश जारी गर्दा आदेश जारी गर्ने न्यायाधीशलाई सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुने गरेको विषयप्रति गम्भीर ध्यानआकर्षण भएको बताएको छ ।



     

    रवि लामिछानेले आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आदेश जारी गर्दै यस्तो उल्लेख गरेको हो । सर्वोच्चले लामिछानेलाई थुनामै राख्न आदेश दिँदै सामाजिक सञ्जालमा अदालत र विभिन्न न्यायाधीमाथि विभिन्न टिकाटिप्पणी तथा लाल्छना नलगाउन आदेश दिएको हो ।

     

    आदेशमा भनिएको छ, ‘बहसका क्रममा विद्वान् नायव महान्यायाधिवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरुले उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट आदेश गर्ने माननीय न्यायाधीशहरु उपर सामाजिक सञ्जाल एवम् अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकाले सो तर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ,’ आदेशमा भिनएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ समवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।’


    अर्थ चाैतारी
  • शनिबार, १० जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट