logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • अब म्यानपावर नवीकरण गर्दा गुगल प्लस कोड र म्याप अनिवार्य

    अब म्यानपावर नवीकरण गर्दा गुगल प्लस कोड र म्याप अनिवार्य

    1.5K
    SHARES
    अब म्यानपावर नवीकरण गर्दा गुगल प्लस कोड र म्याप अनिवार्य

    काठमाण्डौ । अब वैदेशिक रोजगारसम्बन्धी काम गर्ने म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्दा अनिवार्य रुपमा ‘गुगल प्लस कोड’ र ‘अपडेटेड गुगल म्याप’ पेस गर्नुपर्ने भएको छ।



     

    वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्दा यस्तो अनिवार्यता गरेको हो। विभागका अनुसार म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्दा आधारभूत कागजात र मौजुदा सबै सञ्चालक एवं कार्यरत कर्मचारीको विवरणसमेत निवेदनका साथ पेस गर्नुपर्नेछ।

     

    यो नियम विभागमा दर्ता भई वैदेशिक रोजगारको काम गर्ने संस्थाका साथै स्वीकृति प्राप्त शाखा कार्यालय, अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्था, केयर गिभरसम्बन्धी सीप विकास तालिम प्रदायक संस्था, घरेलु कामदारसम्बन्धी सीप विकास तालिम प्रदायक संस्था, वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने संस्था एवं खास देश पठाउनका लागि सूचीकृत भएका संस्थाहरुलाई पनि लागू हुने विभागले स्पष्ट पारेको छ।

     

    यी सबै संस्थालाई तोकिएको अवधिभित्र इजाजतपत्र नवीकरण गर्न विभागले आग्रह गरेको छ। अन्यथा कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट