logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एशियन लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    एशियन लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    611
    SHARES
    एशियन लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा बाराको सिमरास्थित होटल इच्छामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.३६८४ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश छन्।



     

    यसैगरी आर्थिक वर्ष.२०८०/८१ (एनएफआरएस बमोजिम) आषाढ मसान्तसम्मको वासलात,नाफा/ नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुुसूचिहरु माथि छलफल सहित पारित भएको छ । साधारण सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी ‘समूह क’ बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान र अच्युतराज सापकोटा तथा सर्वसाधारण शेयरधनी ‘समूह ख’ बाट प्रतिनिधित्व गर्ने संचालक पदमा शौरभ रुंगटा र शिला राजभण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ।

     

    साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । साधारण सभाको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

     

    साधारण सभाबाट निर्वाचित नयाँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा दिपक कुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । सो बैठकले सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा हेम बहादुर कार्कीलाई मनोनित गर्ने निर्णय समेत गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ३० असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट