logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • झापा इनर्जीले पायो आईपीओ निष्कासन गर्न अनुमति

    झापा इनर्जीले पायो आईपीओ निष्कासन गर्न अनुमति

    767
    SHARES
    झापा इनर्जीले पायो आईपीओ निष्कासन गर्न अनुमति

    काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले असार ३१ गते कम्पनीलाई ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।



    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ।

    यो कम्पनीले झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण गरेको छ जसबाट वि।स २०८० माघ ९ गतेदेखि व्यवसायिक उत्पादन शुरू भएको थियो।

    आयोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गरी वार्षिक १२ करोड ८५ लाख रुपैयाँ आम्दानी हुने कम्पनीले अनुमान गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३२ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट