logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

    हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

    455
    SHARES
    हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

    काठमाण्डौ । हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।



    असार २४ देखि २७ गतेसम्म खुलेको यस कम्पनीको आईपीओ बुधबार बाँडफाँट भएको हो । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले एक औपचारिक कार्यक्रमार्फत आईपीओ बाँडफाँट गरेको हो ।

     

    कुल १८ लाख ९५ हजार ३७६ आवेदन स्वीकृत भएको थियो । गोलाप्रथामार्फत ७७ हजार ३९७ जनाले सेयर पाएका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाएका हुन् । ७ लाख ७३ हजार ९७५ कित्ता सेयर आम सर्वसाधारणका लागि खुलेको थियो ।

     

    आईपीओको नतिजा सीडीएससीको अनलाइन आईपीओ रिजल्ट डट् सीडीससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ ।

    कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट