काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ८९.९६ प्रतिशत बढेर ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले २ करोड ८ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
लघुवित्तको खराब कर्जा (एनपीएल) घटेसँगै नाफा वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष ३.६७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर २.९१ प्रतिशतमा झरेको छ ।
गत असारसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशत बढेर १३ करोड २३ लाख ९९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ८ करोड २८ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष लघुवित्तले कुल सञ्चालन आम्दानी १५ करोड ८७ लाख ४६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले यस्तो आम्दानी ११ करोड १६ लाख ६५ हजार रुपैयाँ गरेको थियो ।
गत वर्ष लघुवित्तले कर्मचारी खर्चमा ६ करोड ६३ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ३ करोड २० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कर्मचारी खर्चमा ५ करोड ५७ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च २ करोड ३७ लाख रुपैयाँ गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँ र जगेडा कोष ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तले १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी र ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी ३४.१७ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ । गत असारसम्म लघुवित्तको आधार दर १२.६७ प्रतिशत रहेको छ ।
अर्थ चाैतारी ।