logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

    ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

    416
    SHARES
    ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।



    कम्पनीले साउन ३१ गते धितोपत्र बोर्डमा निवेदन दिंदै प्रतिकित्ता १०० रुपैयाँ दरमा जम्मा १२ लाख १९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति मागेको हो। यस आईपीओबाट कम्पनीले कुल १२ करोड १९ लाख रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

    ह्वाइट लोटस पावर लिमिटेड जलविद्युत् क्षेत्रको परियोजनामा संलग्न कम्पनी हो, र यो आईपीओ पनि सोही क्षेत्रको लगानी विस्तारका लागि ल्याउन लागिएको हो।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले पाएको छ।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउनेछ। यसले जलविद्युत् क्षेत्रमा निजी लगानीकर्ताहरूको सहभागिता बढाउने विश्वास लिइएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ५ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट