logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नाफा घटेपछि निफ्राको ईपीएसमा पनि गिरावट

    नाफा घटेपछि निफ्राको ईपीएसमा पनि गिरावट

    507
    SHARES
    नाफा घटेपछि निफ्राको ईपीएसमा पनि गिरावट

    काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८६ प्रतिशतले घटेको छ।



    गत वर्षको असार मसान्तसम्म निफ्राले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्ष सो घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँमा झरेको छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि ६.१६ रुपैयाँबाट घटेर ५.३० रुपैयाँमा झरेको छ।

    बैंकको खुद ब्याज आम्दानी पनि २५.५१ प्रतिशतले घटेर २ अर्ब ५५ करोड रुपैयाँबाट १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, खुद सञ्चालन आम्दानी १२.७१ प्रतिशतले घटेर १ अर्ब ९६ करोड ५२ लाख रुपैयाँमा झरेको छ।

    तर, बैंकको सञ्चालन नाफा भने उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्लो वर्ष १९ करोड रुपैयाँ मात्र रहेको सञ्चालन नाफा ७६३ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ नाघेको देखिन्छ।

    निफ्राको हालको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ। बैंकले २४ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन ७ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

    बैंकको प्रतिशेयर नेटवर्थ ११८.८८ रुपैयाँ छ। यस बैंकले विभिन्न कम्पनीका बण्ड र डिबेञ्चरमा ७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको विवरणमा उल्लेख गरिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट