काठमाण्डौ । एपोलो हाइड्रोपावरको आइपीओ आज चैत ११ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा आइपीओ बाँडफाँट गरिएको हो।
एपोलो हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि चैत २६ गतेदेखि वैशाख २ गतेसम्म निष्कासन गरिएको थियो। सर्वसाधारणका लागि कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ८० हजार २०० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो।
क्यापिटलका अनुसार यो आइपीओमा २७ लाख ७१ हजार १८ आवेदकबाट कुल ३ करोड ३ लाख ५५ हजार १३० कित्ता शेयर माग भएको थियो। जसमा २७ लाख २७ हजार ११७ आवेदकबाट माग भएको २ करोड ९३ लाख ५१ हजार ३८० कित्ता शेयर सदर भएको छ भने ४३ हजार ९०१ आवेदकबाट माग भएको ५ लाख ३ हजार ७५० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७८ हजार २० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यसअनुसार सदर आवेदकमध्ये २६ लाख ४९ हजार ९७ आवेदकको हात खाली भएको छ।
यो आइपीओ नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।
अर्थ चाैतारी ।