logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सानिमा बैंकको नाफा २.३५ अर्ब रुपैयाँ, लाभांश क्षमता १८.५७ प्रतिशत

    सानिमा बैंकको नाफा २.३५ अर्ब रुपैयाँ, लाभांश क्षमता १८.५७ प्रतिशत

    260
    SHARES
    सानिमा बैंकको नाफा २.३५ अर्ब रुपैयाँ, लाभांश क्षमता १८.५७ प्रतिशत

    काठमाण्डौ । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ४२.२२ प्रतिशत बढेर २ अर्ब ३५ करोड २ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशत बढेर ५ अर्ब १६ करोड १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।



    समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेर ९५ करोड ७३ लाख ९५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २०.४० प्रतिशत बढेर ७ अर्ब २७ करोड ९६ लाख ४७ हजार रुपैयाँ र सञ्चालन नाफा ४७.४९ प्रतिशत बढेर ३ अर्ब ३२ करोड ६ लाख ९१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ८६ करोड ९९ लाख ८१ हजार हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ४ करोड ५७ लाख ९० हजार रुपैयाँ, सञ्चालन नाफा २ अर्ब २५ करोड १३ लाख ६६ हजार रुपैयाँ थियो ।

    चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब १४ करोड १५ लाख २७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १८.५७ प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख ६३ हजार रुपैयाँ थियो । १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६६ करोड ३१ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

    चालु आवको चैत मसान्तसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड ९१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड ६६ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    समीक्षा अवधिमा बैंकको निक्षेप ४.४२ प्रतिशत अर्थात् ९ अर्ब ९१ करोड रुपैयाँ र कर्जा लगानी ८.१२ प्रतिशत अर्थात् १४ अर्ब ३३ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ८२.७६ प्रतिशत रहेको छ ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको चैतमा ३.४२ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ३.९९ प्रतिशत पुगेको छ । बैंकका अनुसार आधार दर ५.११ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ६.४३ प्रतिशत थियो ।

    बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर २२.९२ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.२७ गुणा छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट