logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • लाभांश पारित गर्न सानिमा जिआईसीले डाक्यो आठौं साधारण सभा

    लाभांश पारित गर्न सानिमा जिआईसीले डाक्यो आठौं साधारण सभा

    260
    SHARES
    लाभांश पारित गर्न सानिमा जिआईसीले डाक्यो आठौं साधारण सभा

    काठमाण्डौ । लाभांश प्रस्ताव पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकले जेठ ६ गते नेपाल पुलिस क्लब काठमाण्डौमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।



    सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.२६ प्रतिशतका दरले ५६ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा भएको खर्च, सातौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद सेयर बमोजिम हुन आउने ३६ लाख ५५ हजार कित्ता सेयर समावेश गरि यस साधारण सभाबाट पारित हुने बोनस सेयर जारी गरे पश्चात हुने चुक्ता पुँजीमा हकप्रद सेयर सहितको विवरण पुनरावलोकन गर्नेछ ।

    यस्तै, सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आव २०८२÷८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट