काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर अर्थ मन्त्रालयमा तानिएका छन् । उनलाई बिहीबार मन्त्रालय तानिएको र हाल कुनै जिम्मेवारी नतोकिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।
बिचौलिया दीपक भट्टको स्टार माइक्रो इन्स्योरेन्समा श्रीमतीको नाममा शेयर भेटिएपछि उनी विवादमा मुछिएका थिए ।
ठाकुरले भने बैंक ऋण र सञ्चय कोषमार्फत कानुनी रूपमै सो लगानी गरिएको दाबी गर्दै आएका थिए ।
अर्थ चाैतारी ।