logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा

    715
    SHARES
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।



    बैंकका ६ जना संस्थापक शेयरधनीको २ लाख १४ हजार ४९ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले उक्त अवधिभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट